२२ बैशाख २०८१, शनिबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिने, तरकारी पसलसमेत बन्द हुने


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थप्ने तयारी भएको छ । स्रोतका अनुसार कोरोना संक्रमण नियन्त्रण गर्नको लागि काठमाडौं उपत्यकामा निषेधाज्ञालाई जारी राखिने भएको हो ।

विशेष स्रोतका अनुसार उपत्यकामा थपिने एक साताको निषेधाज्ञा थप कडा हुनेछ । विशेष स्रोतका अनुसार तरकारी पसलहरु पनि बन्द गर्ने तयारी भएको छ । तरकारी पसलहरुमा भिडभाड भएको कारणले गर्दा बन्द गर्न सक्ने स्रोतले बतायो ।

उपत्यकामा जारी निषेधाज्ञाको समय जेठ १३ गतेसम्म छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !