१५ बैशाख २०८१, शनिबार

अहिलेसम्मकै उच्च ९१९६ जनामा कोरोना संक्रमण पुष्टि, २९०५ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १९९८७ जनामा पिसिआर परिक्षण गर्दा ९०२३ जना र ४९५ जनामा एन्टीजेन परिक्षण गर्दा १७३ जनामा गरी जम्मा ९१९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९०५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ९५ हजार ३९५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३५७९ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २५ लाख ९८ हजार ४०५ जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ७८६२९ जना रहेको छ भने ३८० जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !