१४ बैशाख २०८१, शुक्रबार

काभ्रेपलाञ्चोकमा कोरोना संक्रमणबाट एकैदिन ७ जनाको मृत्यु


मृत्यु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा कोरोना भाइरस (कोभिड -१९) संक्रमणबाट आज ७ जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत ४ कोरोना संक्रमित र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत ३ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी) ले जनाएको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरका ७८ वर्षीय, बनेपाका ४२ वर्षीय र ६२ वर्षीया, पनौती नगरककी ८० वर्षीया, भक्तपुरका ६२ वर्षीया र ६७ वर्षीय तथा महोत्तरी, जलेश्वरका ५० वर्षीया छन् । मण्डनदेउपुरका एक पुरुषको काठमाडौँको मेडिसिटी अस्पतालमा आजै मृत्यु भएको छ ।

पछिल्लो घटना विवरणानुसार कोरोना सङ्क्रमण भएको थाहा नभई घरमै बसेर शारीरिक अवस्था निकै कमजोर भई आएकाको अस्पताल आएको एकैदिनमा मृत्यु हुने गरेको केन्द्रले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !