नेपालमा एकैदिन ७६६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु Nepalpatra नेपालमा एकैदिन ७६६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु
२८ बैशाख २०७८, मंगलबार

नेपालमा एकैदिन ७६६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६१३१ जनामा पिसिआर परिक्षण गर्दा ७५८७ जना र ५७१ जनामा एन्टीजेन परिक्षण गर्दा ७३ जनामा गरी जम्मा ७६६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ८७ हजार ७९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३४१७ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २५ लाख ३७ हजार २९५ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ५९७९८ जना रहेको छ भने २५३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !