१४ बैशाख २०८१, शुक्रबार

नेपालमा एकैदिन ७६६० जनामा कोरोना संक्रमण पुष्टि, ५५ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६१३१ जनामा पिसिआर परिक्षण गर्दा ७५८७ जना र ५७१ जनामा एन्टीजेन परिक्षण गर्दा ७३ जनामा गरी जम्मा ७६६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ८७ हजार ७९० जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३४१७ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २५ लाख ३७ हजार २९५ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ५९७९८ जना रहेको छ भने २५३ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !