उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी, ललितपुरका सिडिओलाई कोरोना Nepalpatra उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी, ललितपुरका सिडिओलाई कोरोना
३० बैशाख २०७८, बिहिबार

उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी, ललितपुरका सिडिओलाई कोरोना


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भई रहेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउन आज मंगलबार काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

तर ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि बताउदै अहिले आफू निवासको आइसोलेसनमा बसिरहेको उनले बताए।

बैठकमा ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेत सहभागी हुने बताइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने भएको हो ।

उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि जारी निषेधाधा बुधबार मध्यरात सकिँने भएकोले अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ । बेलुकी अतिआवश्यक पसलहरू खोल्न दिने/नदिनेबारे पनि छलफल हुनेछ ।

निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ । निषेधाज्ञाका बीच आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !