७ बैशाख २०८१, शुक्रबार

उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी, ललितपुरका सिडिओलाई कोरोना


निषेधाज्ञामा सुनसान काठमाडौँ

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भई रहेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउन आज मंगलबार काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।

तर ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि बताउदै अहिले आफू निवासको आइसोलेसनमा बसिरहेको उनले बताए।

बैठकमा ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेत सहभागी हुने बताइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने बैठकमा पहिलो चरणमा जारी गरिएको निषेधाज्ञाको समीक्षाका साथै कोरोना नियन्त्रणका सम्बन्धमा थप निर्णय लिइने भएको हो ।

उपत्यकामा कोरोनाको संक्रमणदर तीव्र बनेपछि गत वैशाख १६ गतेदेखि जारी निषेधाधा बुधबार मध्यरात सकिँने भएकोले अब फेरि एक साता समय थप गर्ने तयारी भएको छ । बेलुकी अतिआवश्यक पसलहरू खोल्न दिने/नदिनेबारे पनि छलफल हुनेछ ।

निषेधाज्ञाका लागि यसअघि नै मन्त्रिपरिषद् बैठकले मार्गप्रशस्त गरिसकेको छ । निषेधाज्ञाका बीच आवातजावत र यातायातका साधनको भीडभाड सडकमा देखिएको भन्दै यसलाई थप कडाइ गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !