२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा हिजो शनिबार १० जना कोरोना संक्रमितको मृत्यु


मृत्यु

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा हिजो शनिबार १० कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका ५ जना पुरुष र १ जना महिला, कैलालीका २ जना महिला र १ जना पुरुष तथा बझाङका १ जना पुरुषको मृत्यु भएको छ ।

शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट १ हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म एन्टिजेन परीक्षणबाट संक्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट संक्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ संक्रमित उपचाररत रहेकामध्ये ३ जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ ।

अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ ५ जनाको उपचार भइरहेको छ । कोरोना अस्थायी अस्पतालमा बिरामीको चाप बढ्दा सहज रूपमा उपचार व्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

कोरोना संक्रमण र मृत्युदर उच्च हुँदा सक्रिय बिरामी पनि बढेका छन् । प्रदेशमा एक हजार ८५२ सक्रिय बिरामी पुगेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !