२३ बैशाख २०८१, आइतबार

प्रदेश नं १ मा २०२ जना कोरोना संक्रमित थपिए


कोरोना भाइरस

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नंं १ मा आज २०२ कोरोना भाइरस (कोभिड-१९)संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसरीका ३३, ताप्लेजुङका दुई, सङ्खुवासभा, इलाम, उदयपुर र पाँचथरका एकएक तथा प्रदेश बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको सङ्ख्या ३१ हजार ६४६ पुगेको छ भने तीमध्ये २९ हजार ९५९ संक्रमणमुक्त भएको छ । यो प्रदेशमा सक्रिय संक्रमितको संख्या १२०५ रहेका छन् । पछिल्लो २४ घण्टामा यो प्रदेशमा ७४७ जनाको पिसिआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

विगत केही दिनदेखि संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि हुन थालेपछि विराटनगर महानगरपालिकाले सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो भने हिजो विराटनगरमा ७५ जना संक्रमित भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !