२२ बैशाख २०८१, शनिबार

चितवनमा कोरोना संक्रमणवाट ३ जनाको वृद्धको मृत्यु


मृत्यु

चितवन । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट जिल्लामा ३ जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८५ वर्षीय वृद्ध र लम्जुङ सुन्दरबजार नगरपालिका–२ का ७५ वर्षीय वृद्ध रहेका छन् ।

अस्पतालका अनुसार वीरगञ्जका वृद्ध कोरोना संक्रमण पुष्टि भई वैशाख ९ गते भरतपुर अस्पतालमा उपचारका लागि आएका थिए । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ८ः५० बजे मृत्यु भएको हो ।

यस्तै, लम्जुङको सुन्दर बजारका वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । वैशाख १० गते कोरोना संक्रमण पुष्टि भई भरतपुर अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि गए राति पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मकवानपुरका ८५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

निमोनियाका कारण वैशाख ११ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोभिड संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको गए राति १ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !