२२ बैशाख २०८१, शनिबार

पछिल्लो २४ घण्टामा ३१२२ जनामा कोरोना संक्रमण पुष्टि, ४५० जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९२९२ जनामा पिसिआर परिक्षण गर्दा ३०३२ जना र ७८६ जनामा एन्टीजेन परिक्षण गर्दा ९० जनामा गरी जम्मा ३१२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ११९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७७ हजार ५७३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २८ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३१६४ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २४ लाख ५ हजार १७ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १९३८२ जना रहेको छ भने ६९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !