पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण पुष्टि, २५२ जना संक्रमणमुक्त Nepalpatra पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण पुष्टि, २५२ जना संक्रमणमुक्त
२४ बैशाख २०७८, शुक्रबार

पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण पुष्टि, २५२ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०००१ जनामा पिसिआर परिक्षण गर्दा २३६५ जना र ४४७ जनामा एन्टीजेन परिक्षण गर्दा ६३ जनामा गरी जम्मा २४२८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७६ हजार ३४५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३११७ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख ७९ हजार ४०२ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १२६९० जना रहेको छ भने ८१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !