१२ बैशाख २०८१, बुधबार

पछिल्लो २४ घण्टामा २४२८ जनामा कोरोना संक्रमण पुष्टि, २५२ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०००१ जनामा पिसिआर परिक्षण गर्दा २३६५ जना र ४४७ जनामा एन्टीजेन परिक्षण गर्दा ६३ जनामा गरी जम्मा २४२८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७६ हजार ३४५ जना पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ३११७ जनाको मृत्यु भईसकेको छ ।

हालसम्म नेपालमा २३ लाख ७९ हजार ४०२ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या १२६९० जना रहेको छ भने ८१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !