१४ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु


मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा ४३७८ जनामा पिसिआर परिक्षण गर्दा ४९६ जना र ७२७ जनामा एन्टीजेन परिक्षण गर्दा ६३ जनामा गरी जम्मा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७४ हजार १६५ जना पुगेको छ । हालसम्म नेपालमा २३ लाख १७ हजार २८४ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३००६ जना रहेको छ भने ८५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना अपडेट, चैत्र ३०, २०७७

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु