४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७२ हजार ६१२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९८० जना पुगेको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ३०२७ जनाको मृत्यु भईसकेको छ भने सक्रिय कोरोना संक्रमितको संख्या १३४१ जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोन अपडेट चैत्र १६, २०७७


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !