कोरोना महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा : डा. रवीन्द्र पाण्डे Nepalpatra कोरोना महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा : डा. रवीन्द्र पाण्डे
७ आश्विन २०७८, बिहिबार

कोरोना महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा : डा. रवीन्द्र पाण्डे


डा. रवीन्द्र पाण्डे

.कोरोना महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा : डा. रवीन्द्र पाण्डे

१. लकडाउनबारे

लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ । यो सहि हैन । सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन । संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ । पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन । हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन ।

२. खोपबारे

यहि सोमबार चीनबाट ८ लाख डोज खोप आउदैछ । त्यसले करिब ४ लाख जोखिम बर्गलाई खोप पुग्दछ । भारतले अप्रिलमा १० लाख डोज ( नेपालले किनेको बाँकी) दिने बताएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । यो खोपको कारण पहिले खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा पुग्दछ ।

३. दोस्रो मात्राबारे

दोस्रो मात्रा खोप जुन कम्पनीले लगाएको हो, त्यहि कम्पनीको लगाउनुपर्छ । कारणबश दोस्रो मात्रा खोप लगाउन नपाएपनि पहिलो खोपको प्रभावकारिता न्युनतम ६४.१ % हुने एस्ट्रेजेनेकाले बताएको छ । दोस्रो खोप लगाएपछि खोपको प्रभावकारिता ७०.४ % हुन्छ ।

बेलायतमा खोप समितिले गरेको पछिल्लो अनुसन्धान अनुसार ९-१२ हप्तामा दोस्रो मात्रा खोप लगाएमा यसले संक्रमणबाट हुने गम्भीर अवस्था ७० % ले कम हुन्छ ।

४. खोप लगाएका व्यक्तिलाई कोरोना सर्छ कि सर्दैन ?

खोप लगाएका व्यक्तिलाई कोरोना सर्न सक्छ । उक्त व्यक्तिले आफु क्यारियर बनेर अरुलाई संक्रमण सार्न पनि सक्दछ । फरक यत्ति हो कि खोप लगाएका व्यक्ति गम्भीर हुँदैनन् । खोप लगाएका व्यक्तिको शरीरभित्र रहेको एन्टिबोडीले कोरोना भाइरसलाई शरीरभित्र नष्ट गर्दछ । खोप लगाएका व्यक्तिलाई कोरोना पोजिटिभ हुनसक्छ । यो बुझ्नु/बुझाउनु जरुरी छ ।

५. दोस्रो लहरको क्षति अनुमान

दोस्रो लहर नेपालमा आयो भने पहिलेजस्तो क्षति हुदैन । त्यो बेला हामीसंग साधन ( मास्क, स्यानिटाइजर, पिपीई, रेमडेसेभिर लगायत औषधि ) को अभाव थियो । अहिले स्वास्थ्यकर्मी अनुभवी भएका छन् । आम नागरिकलाई कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन भन्ने प्रमाण यत्रतत्र प्राप्त भएको छ । खोपले खराब असर गर्दैन भन्ने अनुभव प्रतक्ष्य छ । मास्क लगायत जनस्वास्थ्यका मापदण्डले संक्रमण रोकथाम गर्छ भन्ने अनुभव आम नागरिकलाई छ । खोप आइरहनेछ । तसर्थ क्षति निकै कम हुन्छ ।

महामारी तथा प्राकृतिक विपत्तिको बेला सरकारले जारी गरेका निर्देशन पालना गर्नु आम नागरिकको कर्तब्य हो भने जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व हो । कर्तब्य र दायित्व सबैले पालना गरेमा अप्रिय अवस्था उत्पन्न हुँदैन ।

*डा. रवीन्द्र पाण्डे साहित्यकार, जनस्वास्थ्य बिज्ञ तथा शोधकर्ता हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
ताजा