५ जेष्ठ २०८१, शनिबार

पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ९०६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा १०६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ७१ हजार ९२१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यस अवधिमा थप ३१८१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना पुगेको छ । हाल ४८ जना क्वारेन्टिनमा रहेका छन् ।

हाल देशभर ९६९ सक्रिय सङ्क्रमित रहेका छन् । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३०१६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !