१४ बैशाख २०८१, शुक्रबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या२ लाख ६३ हजार १९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७०६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ५१३३ जना आइसोलेसनमा रहेकामध्ये ३५२५ संस्थागत आइसोलेसनमा र १६०८ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

४०९ जना कोरोना संक्रमितमध्ये २६५ जना पुरुषहरु र १४४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २३३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १६१ जना पुरुषहरु र ७२ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा १५९ जना, ललितपुर जिल्लामा ५० जना र भक्तपुर जिल्लामा २४ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ४९५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५६ हजार १६१ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९९ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को झापामा २ र मोरङमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा १३ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धनुषामा १, पर्सामा २ र बारामा २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश ५ मा ५ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा १५९, काभ्रेपलान्चोकमा ६, चितवनमा १७, दोलखामा ६, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा २४, रामेछापमा १, ललितपुरमा ५० र सिन्धुलीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा २६७ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा २७, गोरखामा १, तनहुँमा २, नवलपरासी पूर्वमा ४, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ४१ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ४, गुल्मीमा ५, दाङमा ४, नवलपरासीमा ५, पाल्पामा ७, बर्दियामा १, बाँकेमा १२, रुपन्देहीमा २५ र रोल्पामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ७६ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कुनै पनि जिल्लामा आज कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा शुन्य रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १ र कैलालीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ७ रहेको छ ।

यो पनि पढ्नुहोस्

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !