६ बैशाख २०८१, बिहिबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २३३ जनामा कोरोना संक्रमण पुष्टि


मौसम खुलेमा काठमाडौँको ग्वार्कोवाट देखिएको उत्तरी क्षेत्रमा रहेका हिमश्रृङ्खला

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १५९ जना, ललितपुर जिल्लामा ५० जना र भक्तपुर जिल्लामा २४ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७०६ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ६४ हजार १६० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ५१३३ जना आइसोलेसनमा रहेकामध्ये ३५२५ संस्थागत आइसोलेसनमा र १६०८ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३४२ जना रहेका छन् ।

४०९ जना कोरोना संक्रमितमध्ये २६५ जना पुरुषहरु र १४४ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज २३३ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १६१ जना पुरुषहरु र ७२ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या२ लाख ६३ हजार १९३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५६ हजार १६१ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९९ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !