१४ जेष्ठ २०८१, सोमबार

२४ घण्टामा कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ३७ हजार ७०२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ६०४८ जना आइसोलेसनमा रहेकामध्ये ३१५८ संस्थागत आइसोलेसनमा र २८९० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

४२६ जना कोरोना संक्रमितमध्ये २७३ जना पुरुषहरु र १५३ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १३४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ९५ जना पुरुषहरु र ७२ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लामा १३४ जना, ललितपुर जिल्लामा १८ जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ७४८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५३ हजार १०७ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६४ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा १, ओखलढुंगामा १, झापामा १६, धनकुटामा १, मोरङमा १० र सुनसरीमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ३५ रहेको छ ।

प्रदेश २

प्रदेश २ को पर्सामा २, बारामा १, रौतहटमा १, सप्तरीमा २ र सर्लाहीमा २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ८ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा १३४, काभ्रेपलान्चोकमा १, चितवनमा १३, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा १५, मकवानपुरमा ८, रसुवामा ११, ललितपुरमा १८ र सिन्धुलीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा २०५ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा २६, गोरखामा ३, तनहुँमा ३, नवलपरासीमा पूर्वमा १, म्याग्दीमा १, लमजुङमा २, बागुलङमा १ र स्याङजामा २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा ३९ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ५, गुल्मीमा ४, दाङमा १९, नवलपरासीमा ६, पाल्पामा ४, प्युठानमा १, बर्दियामा ४, बाँकेमा २३, रुपन्देहीमा १२ र रोल्पामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ८७ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा १, रुकुम पश्चिममा १ र सुर्खेतमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ३ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ११, कैलालीमा २९, डडेल्धुरामा ४, दार्चुलामा ४ र बाजुरामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ५६ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !