७ बैशाख २०८१, शुक्रबार

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १३४ जना, ललितपुर जिल्लामा १८ जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२२५ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १९ लाख ३७ हजार ७०२ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ६०४८ जना आइसोलेसनमा रहेकामध्ये ३१५८ संस्थागत आइसोलेसनमा र २८९० जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

४२६ जना कोरोना संक्रमितमध्ये २७३ जना पुरुषहरु र १५३ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १३४ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ९५ जना पुरुषहरु र ७२ जना महिलाहरु रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७४८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५३ हजार १०७ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६४ पुगेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !