२१ बैशाख २०८१, शुक्रबार

नेपाली काँग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण


कृष्ण प्रसाद सिटौला

काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ट नेता कृष्ण प्रसाद सिटौलालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

हिजो मंसिर २६ गते गरिएको कोरोनाको पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उनले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

कोरोना संक्रमण भएसँगै सिटौला घरमा नै आइसोलेसनमा रहेका छन् । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

साथै केही दिन यता उनको नजिकको सम्पर्कमा रहेका सवैले आवश्यकता अनुसार परिक्षण गर्नु र सावधानी अपनाउनु हुन उनले अनुरोध गरेका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !