१८ बैशाख २०८१, मंगलबार

नेपाली राष्ट्रिय क्रिकेटका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि


पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज शुक्रबार बिहान गरिएको परीक्षणमा आफूमा कोरोना पोजेटिभ देखिएको खड्काले सामाजिक संजाल ट्वीटर मार्फत जानकारी दिएका हुन् ।

कोरोना भाइरस संक्रमणको लक्षण देखिन थालेपछि दुई दिनदेखि आफू घरमा आइसोलेसनमा बसेको र बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाउने लक्षण देखिएपछि शुक्रबार कोरोना परीक्षण गराएको उनले ट्वीटरमा लेखेका छन् ।

उनले संक्रमण पुष्टि भएपछि सरकारले तोकेको मापदण्ड अनुसार होम आइसोलेसनमा नै बस्ने बताएका छन् । शनिबारदेखि चितवनमा शुरु हुने गौतम बुद्ध कपमा पारसले खेल्न नपाउने भएका छन् । उनले प्रतियोगिताको शुभकामना दिँदै आफू खेलमा उपस्थित हुन नपाएकोमा दु:ख पनि व्यक्त गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !