८ बैशाख २०८१, शनिबार

काठमाडौ उपत्यकामा ९५७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौं । पछिल्लो २४ घण्टामा आइतबार काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १६ सय ६९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय ५७ जना थपिएसँगै जोखिम बढेको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौका ७३३ जना, ललितपुका १३१ जना र भक्तपुरका ५३ जना रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८०३२ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ६० हजार ७५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या १९९६३ जना आइसोलेसनमा रहेकामध्ये ६३५१ संस्थागत आइसोलेसनमा र १३६१२ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ६८६ जना रहेका छन् ।

१६६९ जना कोरोना संक्रमितमध्ये १०१४ जना पुरुषहरु र ६५५ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५४२ जना पुरुषहरु र ४१५ जना महिलाहरु रहेका छन् । 

पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ६६९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २३२३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ९३ हजार ३२५ जना पुगेको छ । 

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा आज ८९९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !