काठमाडौँ उपत्यकामा आज ८९९ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra
१४ मंसिर २०७७, आइतबार

काठमाडौँ उपत्यकामा आज ८९९ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौँ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा ६८५ जनासहित ८९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका ६८५ जना, ललितपुर जिल्लाका १६५ जना र भक्तपुर जिल्लाका ४९ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौँ उपत्यकामा हिजो ११०७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१४४ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १६ लाख ५२ हजार ४३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २४००९ जना आइसोलेसनमा रहेकामध्ये ६८०३ संस्थागत आइसोलेसनमा र १७२०६ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ७५७ जना रहेका छन् ।

१६७४ जना कोरोना संक्रमितमध्ये १०१३ जना पुरुषहरु र ६६१ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५१२ जना पुरुषहरु र ३८७ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ १६७४ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २३२३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १ लाख ९३ हजार ३२५ जना पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, आज थपिए ११०७ जना



प्रतिक्रिया दिनुहोस !