९ जेष्ठ २०८१, बुधबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

काठमाडौँ, कार्तिक २६ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २५६९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०२३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १००८१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख ७४ हजार २९५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८९१२ जना आइसोलेसनमा रहेकामध्ये १०५१९ जना संस्थागत आइसोलेसन र २८३९३ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ११०९ जना रहेका छन् ।

२५६९ जना कोरोना संक्रमितमध्ये १५६२ जना पुरुषहरु र १००७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७३३ जना पुरुषहरु र ५२८ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ९७६ जना, ललितपुर जिल्लाका २०४ जना र भक्तपुर जिल्लाका ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १६६६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६२२४३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७४ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ४, उदयपुरमा १७, खोटाङमा १, झापामा ९८, ताप्लेजुङमा ५, धनकुटामा १, पाँचथरमा २०, भोजपुरमा ३, मोरङमा १६८, संखुवासभामा ८, सुनसरीमा ११८ र सोलुखुम्बुमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ४४६ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १८, पर्सामा ५, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा १२, सर्लाहीमा ५ र सिरहामा १६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ७३ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र ९७६, काभ्रेपलान्चोकमा ५५, चितवनमा १५, दोलखामा १५, धादिङमा ९, नुवाकोटमा ४१, भक्तपुरमा ८१, मकवानपुरमा ३७, रसुवामा ३, रामेछापमा ९, ललितपुरमा २०४, सिन्धुपाल्चोकमा १८ र सिन्धुलीमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा १४६८ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा १३०, गोरखामा १७, तनहुँमा १८, नवलपरासी पूर्वमा ५, पर्वतमा १६, लमजुङमा १, वागलुङमा २२ र स्याङजामा ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा २१३ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २२, कपिलवस्तुमा ४, गुल्मीमा ८, दाङमा १०५, नलवपरासीमा १४, पाल्पामा ३१, प्यूठानमा ५, बर्दियामा १०, बाँकेमा १७, रुपन्देहीमा ७३ र रोल्पामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा २९९ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा २, जुम्लामा ४, डोल्पामा १, दैलेखमा ६, सल्यानमा ७ र सुर्खेतमा २ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा २४ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा ८, कैलालीमा २९, डडेल्धुरामा २, डोटीमा १६ र दार्चुलामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ४६ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !