९ जेष्ठ २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या २ लाख नाघ्यो, आज थपिए नयाँ २५६९ कोरोना संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, कार्तिक २६ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २५६९ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०२३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १००८१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख ७४ हजार २९५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८९१२ जना आइसोलेसनमा रहेकामध्ये १०५१९ जना संस्थागत आइसोलेसन र २८३९३ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ११०९ जना रहेका छन् ।

२५६९ जना कोरोना संक्रमितमध्ये १५६२ जना पुरुषहरु र १००७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७३३ जना पुरुषहरु र ५२८ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ९७६ जना, ललितपुर जिल्लाका २०४ जना र भक्तपुर जिल्लाका ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १६६६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६२२४३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७४ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा आज थप २७३६ कोरोना संक्रमित, ८५३ जना भए निको


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !