५ जेष्ठ २०८१, शनिबार

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ६२ हजार नाघ्यो, थप १६६६ जना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

२६ कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १६६६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १६२२४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १००८१ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख ७४ हजार २९५ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३८९१२ जना आइसोलेसनमा रहेकामध्ये १०५१९ जना संस्थागत आइसोलेसन र २८३९३ जना होम आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ११०९ जना रहेका छन् ।

२५६९ जना कोरोना संक्रमितमध्ये १५६२ जना पुरुषहरु र १००७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७३३ जना पुरुषहरु र ५२८ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका ९७६ जना, ललितपुर जिल्लाका २०४ जना र भक्तपुर जिल्लाका ८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २५६९ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २०२३२९ पुगेको छ ।  नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७४ पुगेको पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !