२९ बैशाख २०८१, शनिबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


नेपालमा कोरोना

काठमाडौँ, कार्तिक २२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २७५३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१६३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख २७ हजार ७६६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३४४३५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ११४४ जना रहेका छन् ।

२७५३ जना कोरोना संक्रमितमध्ये १६७६ जना पुरुषहरु र १०७७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १५१२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ८८७ जना पुरुषहरु र ६२५ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १२९४ जना, ललितपुर जिल्लाका १४१ जना र भक्तपुर जिल्लाका ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २२०७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५५११४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८७ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ४, उदयपुरमा १९, ओखलढुंगामा १, खोटाङमा १८, झापामा ५८, ताप्लेजुङमा १, तेह्रथुममा ३, धनकुटामा ४, भोजपुरमा ३, मोरङमा २४५, संखुवासभामा ३, सुनसरीमा १३३ र सोलुखुम्बुमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ४९४ रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १०, पर्सामा ५, बारामा १९, महोत्तरीमा ४, रौतहटमा ५, सप्तरीमा १०, सर्लाहीमा १० र सिरहामा १४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ७७ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र १२९४ जना, काभ्रेपलान्चोकमा ७३, चितवनमा १०, दोलखामा ४, धादिङमा ७, नुवाकोटमा ३७, भक्तपुरमा ७७, मकवानपुरमा ३३, रसुवामा ४, रामेछापमा ४, ललितपुरमा १४१, सिन्धुपाल्चोकमा १२ र सिन्धुलीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा १६९९ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा ८२, गोरखामा १५, तनहुँमा ४, नवलपरासी पूर्वमा ४, पर्वतमा १, म्याग्दीमा १, लमजुङमा १०, बाग्लुङमा ११ र स्याङजामा ९ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा १३७ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २१, गुल्मीमा ४, दाङमा १०, नलवपरासीमा १२, पाल्पामा २४, प्यूठानमा ३, बर्दियामा १९, बाँकेमा २२, रुपन्देहीमा ८५ र रोल्पामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा २१८ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा १, जुम्लामा १२, डोल्पामा २, दैलेखमा ५, मुगुमा ३ र सुर्खेतमा १ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा २५ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको हुम्लामा १, अछाममा १, कञ्चनपुरमा १९, कैलालीमा ७७, डोटीमा १ र बझाङामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा १०३ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु