१३ बैशाख २०८१, बिहिबार

काठमाडौँमा १२९४ सहित उपत्यकामा आज १५१२ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ, कार्तिक २२ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १२९४ जनासहित १५१२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १२९४ जना, ललितपुर जिल्लाका १४१ जना र भक्तपुर जिल्लाका ७७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै काठमाडौंमा ७० हजार ७७३, भक्तपुरमा ६ हजार ४३० र ललितपुरमा ९ हजार ९९१ जना संक्रमित पुगेको छ ।

सक्रिय संक्रमितहरुमा काठमाडौंमा १५ हजार ४५५, ललितपुरमा २ हजार १९१ र भक्तपुरमा १ हजार २१६ जना पुग्गेको छ । त्यस्तै कोरोनावाट निको हुनेहरुमा काठमाडौँमा ५५ हजार ४८ जना, ललितपुरमा ७ हजार ७३४ र भक्तपुरमा ५ हजार १४४ जना पुगेको छ ।

हिजो काठमाडौं उपत्यकामा १३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म काठमाडौंमा २७०, भक्तपुरमा ७० र ललितपुरमा ६६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख २७ हजार ७६६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३४४३५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ११४४ जना रहेका छन् ।

२७५३ जना कोरोना संक्रमितमध्ये १६७६ जना पुरुषहरु र १०७७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १५१२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ८८७ जना पुरुषहरु र ६२५ जना महिलाहरु रहेका छन् ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २७५३ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१६३६ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २२०७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५५११४ पुगेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
काठमाडौँमा १०३० सहित उपत्यकामा आज १३३८ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !