११ बैशाख २०८१, मंगलबार

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या १०८७ पुग्यो


मृत्यु

काठमाडौँ, कार्तिक २२ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८७ पुगेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख २७ हजार ७६६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३४४३५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ११४४ जना रहेका छन् ।

२७५३ जना कोरोना संक्रमितमध्ये १६७६ जना पुरुषहरु र १०७७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १५१२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ८८७ जना पुरुषहरु र ६२५ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १२९४ जना, ललितपुर जिल्लाका १४१ जना र भक्तपुर जिल्लाका ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २७५३ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१६३६ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २२०७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५५११४ पुगेको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या १०७० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !