८ बैशाख २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या १ लाख ९१ हजार नाघ्यो, आज थपिए नयाँ २७५३ संक्रमित


कोरोना

काठमाडौँ, कार्तिक २२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २७५३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१६३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४२३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख २७ हजार ७६६ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३४४३५ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ११४४ जना रहेका छन् ।

२७५३ जना कोरोना संक्रमितमध्ये १६७६ जना पुरुषहरु र १०७७ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १५१२ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ८८७ जना पुरुषहरु र ६२५ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १२९४ जना, ललितपुर जिल्लाका १४१ जना र भक्तपुर जिल्लाका ७७ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २२०७ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५५११४ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०८७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १ लाख ८८ हजार नाघ्यो, आज थपिए नयाँ २९०९ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !