२४ बैशाख २०८१, सोमबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

काठमाडौँ, कार्तिक २० । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३०५१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८५९७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०६८ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १५ लाख ७ हजार १९० पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ३६५१४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा १२३२ जना रहेका छन् ।

३०५१ जना कोरोना संक्रमितमध्ये १८४२ जना पुरुषहरु र १२०९ जना महिलाहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा आज १३९८ जनामा कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ७९७ जना पुरुषहरु र ६०१ जना महिलाहरु रहेका छन् । आज काठमाडौं जिल्लाका १०९१ जना, ललितपुर जिल्लाका १६० जना र भक्तपुर जिल्लाका १४७ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३४३० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४८४०८ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश १

प्रदेश १ को इलाममा ३, उदयपुरमा १९, ओखलढुंगामा ६, झापामा ११०, तेह्रथुममा ३, धनकुटामा ११, भोजपुरमा १, मोरङमा १२१, संखुवासभामा ३ र सुनसरीमा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश १ मा ३८० रहेको छ ।

प्रदेश २

प्रदेश २ को धुनषामा १८, पर्सामा १४, बारामा ८, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा १३, सर्लाहीमा १० र सिरहामा १२ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज प्रदेश २ मा ७९ रहेको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्र १०९१ जना, काभ्रेपलान्चोकमा ७२, चितवनमा ९९, दोलखामा ३, धादिङमा ८, नुवाकोटमा २८, भक्तपुरमा १४७, मकवानपुरमा ६, रसुवामा २, रामेछापमा ५, ललितपुरमा १६०, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज बागमती प्रदेशमा १६३४ रहेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा १ सय २३, गोरखामा ११, तनहुँमा २३, नवलपरासी पूर्वमा ७२, पर्वतमा १४, म्याग्दीमा १, लमजुङमा ३, बाग्लुङमा ७ र स्याङजामा २५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज गण्डकी प्रदेशमा २७९ रहेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ८, गुल्मीमा १७, दाङमा १२, नलवपरासीमा ३७, पाल्पामा ३१८, प्यूठानमा ३, बर्दियामा १९, बाँकेमा ३१ र रुपन्देहीमा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज लुम्बिनी प्रदेशमा ५५७ रहेको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको सल्यानमा २ र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज कर्णाली प्रदेशमा ५ रहेको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा १६, कैलालीमा ५२, डोटीमा ३, बझाङामा २, बाजुरामा १ र बैतडीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमित हुनेको संख्या आज सुदूरपश्चिम प्रदेशमा ७७ रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !