१८ बैशाख २०८१, मंगलबार

नेपालमा संक्रमितको संख्या १ लाख ५८ हजार नाघ्यो, आज थपिए नयाँ २८५६ संक्रमित


कोरोना भाइरस

काठमाडौँ, कार्तिक ९ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २८५६ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५८०८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२३११ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ९३ हजार १७३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४५५७२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३०६४ जना रहेका छन् ।

२८५६ जना कोरोना संक्रमितमध्ये १ हजार ७८९ पुरुष र १ हजार ६७ महिलामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ९०६ पुरुष र ६२९ महिला गरी १ हजार ५३५ संक्रमित थपिएका छन् ।

प्रदेश नं १ मा ५३९, प्रदेश नं २ मा ५९, वाग्मतीमा एक हजार ८४९, गण्डकीमा १७८, लुम्बिनीमा १४६, कर्णालीमा नौ र सुदूपश्चिम प्रदेशमा ७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । ३५ हजार ५७२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये २७७ को सघन उपचार कक्ष र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ११ हजार ६७० पुगेको छ जुन कुल सङ्क्रमितको ७०.६ प्रतिशत हो ।

झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा छैनन् ।

काठमाडौं उपत्यकामा आज १५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १२२५ जना, ललितपुर जिल्लाका १४७ जना र भक्तपुर जिल्लाका १६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ३३३६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १११६७० पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा संक्रमितको संख्या १ लाख ५५ हजार नाघ्यो, आज थपिए नयाँ २२२५ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !