१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ८४७ पुग्यो


मृत्यु

काठमाडौँ, कार्तिक ९ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२३११ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ९३ हजार १७३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४५५७२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३०६४ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १२२५ जना, ललितपुर जिल्लाका १४७ जना र भक्तपुर जिल्लाका १६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २८५६ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५८०८९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३३३६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १११६७० पुगेको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या ८४२ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !