१३ बैशाख २०८१, बिहिबार

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ११ हजार नाघ्यो, थप ३३३६ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ, कार्तिक ९ । नेपालमा पछिल्लो २४ घण्टामा ३३३६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १११६७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२३११ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म १३ लाख ९३ हजार १७३ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या ४५५७२ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ३०६४ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज १५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १२२५ जना, ललितपुर जिल्लाका १४७ जना र भक्तपुर जिल्लाका १६३ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा आज कोरोना संक्रमण नयाँ २८५६ जनामा पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५८०८९ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४७ पुगेको पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्
नेपालमा कोरोना जित्नेको संख्या १ लाख ८ हजार नाघ्यो, थप २८४६ जना कोरोना संक्रमणमुक्त


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !