
काठमाडौँ, कार्तिक ७ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा २३५७ जनासहित २७२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका २३५७ जना, ललितपुर जिल्लाका २३६ जना र भक्तपुर जिल्लाका १२७ जनामा कोरोना संक्रमण देखिएको छ ।
हिजो काठमाडौं उपत्यकामा १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्ला दिनहरुमा राजधानी काठमाडौँमा संक्रमितको संख्या बढिरहेको छ । नयाँ कोरोना संक्रमितहरु कुन-कुन ठाउँका हुन् भन्ने जानकारी मन्त्रालयले दिएको छैन ।
यो पनि पढ्नुहोस्
काठमाडौँमा १२८३ सहित उपत्यकामा आज १५५२ जनामा कोरोना संक्रमण पुष्टि