१४ बैशाख २०८१, शुक्रबार

कैलालीका ४३ सहित सुदूरपश्चिममा थप ४७ जनामा कोरोना पुष्टि


धनगढी कैलाली

धनगढी, असोज ३० । कैलाली जिल्लाका ४३ जनासहित सुदूरपश्चिम प्रदेशका थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४७ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १३ जना महिलाहरु र ३४ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६३७ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ४३ जना र कंचनपुरका ४ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिकाका ३६ जनामध्ये वडा नम्बर १ का ५ जना, वडा नम्बर २, ३ र ५ का ३/३ जना, वडा नम्बर ४ र ८ का २/२ जना, वडा नम्बर ७ र १३ का १/१ जना र वडा नखुलेका १६ जनामा संक्रमण पुष्टि भएको छ ।

साथै कैलालीकै गोदावरीका ३ जना, लम्किचुहा नगरपालिकाका १ जना र कैलालीका ठाँउ नखुलेका ३ जनामा समेत कोरोना पुष्टि भएको छ । यसैगरी कञ्चनपुरको पुर्नवासका १ जना र भीमदत्त नगरपालिकाका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टी

यो पनि पढ्नुहोस्

कैलालीका ५६ सहित सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !