८ बैशाख २०८१, शनिबार

कैलालीका ५६ सहित सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि


धनगढी कैलाली

धनगढी, असोज २९ । कैलाली जिल्लाका २९ जनासहित सुदूरपश्चिम प्रदेशका थप ५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ४:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ६९ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १७ जना महिलाहरु र ५२ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १७२ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ५६ जना, कंचनपुरका ११ जना, डडेल्धुरा र डोटीका १/१ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिकाका ३२ जनामध्ये वडा नम्बर १ का १० जना, वडा नम्बर ४ का ७ जना, वडा नम्बर ५ का ६ जना, वडा नम्बर २ का ३ जना र वडा नम्बर ८ का २ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै वडा नम्बर १२ र १३ का १/१ जना र वडा नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको छ । साथै कैलालीकै लम्किचुहा नगरपालिकाका १२ जना, गोदावरीका ९ जना, घोडाघोडीका २ जना, कैलालीका १ जनामा समेत कोरोना पुष्टि भएको छ ।

यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका १ जना, बेदकोटका ५ जना, लालझांडी र पुर्नवासका २/२ जना र कृष्णपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी डडेल्धुराको परशुराम र डोटीको दिपायलकाका १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण पुष्टी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !