१४ बैशाख २०८१, शुक्रबार

चितवनका ५१ जनासहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असोज ३० । चितवन जिल्लामा थप ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा ३०५ वटा गरिएको परीक्षणमा चितवनका ५१ जनासहित थप ५५ जनामा संक्रमण पुष्टि भएको छ भने २५० वटाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका १७ जना रहेका छन् । यसैगरी राप्तीका २० जना, खैरहनीका ८ जना, रत्ननगर नगरपालिकाका १ जना, कालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पाल्पाका ३ जना र रुपन्देहीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

चितवनका ५४ जनासहित थप ५९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु