२२ बैशाख २०८१, शनिबार

चितवनका ५४ जनासहित थप ५९ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असोज २९ । चितवन जिल्लामा थप ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा २८१ वटा गरिएको परीक्षणमा चितवनका ५४ जनासहित थप ५९ जनामा संक्रमण पुष्टि भएको छ भने २२२ वटाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ३० जना रहेका छन् । यसैगरी राप्तीका ७ जना, खैरहनीका ५ जना, माडी नगरपालिकाका २ जना, रत्ननगर नगरपालिकाका ५ जना, कालिकाका ३ जना र इच्छाकामनाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै काठमाडौँका २ जना, नवलपरासी, तनहुँ र सर्लाहीका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !