२१ बैशाख २०८१, शुक्रबार

कैलालीका २९ सहित सुदूरपश्चिममा थप ३६ जनामा कोरोना पुष्टि


कैलाली धनगढी उपमहानगरपालिका

धनगढी, असोज २७ । कैलाली जिल्लाका २९ जनासहित सुदूरपश्चिम प्रदेशका थप ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ४ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३६ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १० जना महिलाहरु र २६ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ५४८ जनाको कोरोना परीक्षण गर्दा कैलालीका २९ जना, कंचनपुरका ५ जना, दार्चुलाका १ जना र  डडेल्धुराका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिकाका २६ जनामध्ये वडा नम्बर १ र ५ का ५/५ जना, वडा नम्बर ८ का ४ जना, वडा नम्बर ३ का ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै वडा नम्बर ४, १२, १३ र १५ का २/२ जना, वडा नम्बर ६ का १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

साथै कैलालीकै लम्किचुहा नगरपालिका-३, गौरीगंगा नगरपालिका र स्थानीय तह नखुलेका १/१ जनामा समेत कोरोना पुष्टि भएको छ । यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना, महाकाली नगरपालिका-२, पुर्नरवास नगरपालिका-१ र भीमदत्त नगरपालिका-१८ का १/१ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी दार्चुलाको नौगाढ गाउँपालिका-२ र डडेल्धुराको अजयमेरु गाउँपालिका-१ का १/१ जनामा पनि कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ३६ जनामा कोरोना संक्रमण पुष्टी

यो पनि पढ्नुहोस्

कैलालीका ३७ सहित सुदूरपश्चिममा थप ५० जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !