४ जेष्ठ २०८१, शुक्रबार

कैलालीका ३७ सहित सुदूरपश्चिममा थप ५० जनामा कोरोना पुष्टि


कैलाली धनगढी उपमहानगरपालिका

धनगढी, असोज २६ । कैलाली जिल्लाका ३७ जनासहित सुदूरपश्चिम प्रदेशका थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ४:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार १३ जना महिलाहरु र ३७ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २९७ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ३७ जना, कंचनपुरका ११ जना र दार्चुलाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिकाका ३० जनामध्ये वडा नम्बर ४ र ५ का ६/६ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का ५ जना र वडा नम्बर ८ का ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ३, ७, १२ र १३ का १/१ जना र ठेगाना नखुलेका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

साथै कैलालीकै गौरीगंगा नगरपालिकाका ४ जना, कैलारी गाउँपालिका-२ का १ जना, गोदावरी नगरपालिकाका १ जना र लम्किचुहा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै कञ्चनपुरको महाकाली नगरपालिकाका ४ जना, पुर्नरवास नगरपालिका र बेल्डाँडी गाउँपालिका-१ का २/२ जना, बेदकोद नगरपालिका, बेलौरी नगरपालिका र भीमदत्त नगरपालिकाका १/१ जनामा भाइरसको संक्रमण देखिएको छ। यसैगरी दार्चुलाका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टी

यो पनि पढ्नुहोस्

कैलालीका ६१ सहित सुदूरपश्चिममा थप ७७ जनामा कोरोना पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !