५ जेष्ठ २०८१, शनिबार

कैलालीका ६१ सहित सुदूरपश्चिममा थप ७७ जनामा कोरोना पुष्टि


कैलाली धनगढी उपमहानगरपालिका

धनगढी, असोज २५ । कैलाली जिल्लाका ६१ जनासहित सुदूरपश्चिम प्रदेशका थप ७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ४ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ७७ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पतालका डा. हेमराज पाण्डेका अनुसार २० जना महिलाहरु र ५७ जना पुरुषहरुमा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४६२ जनाको कोरोना परीक्षण गर्दा कैलालीका ६१ जना, कंचनपुरका १५ जना र बैतडीका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढी उपमहानगरपालिकाका ३२ जनामध्ये वडा नम्बर १ का १२ जना, वडा नम्बर ९ का ५ जना र वडा नम्बर २, ३ र ४ का ३/३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै वडा नम्बर ५, ६, १५ र १६ का १/१ जना र वडा नखुलेका २ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै कैलालीको लम्कीचुहाका १० जना, गौरीगंगाका ४ जना, टीकापुरका १० जना, भजनी नगरपालिकाका २ जना र गोदावरी नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ । साथै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, पुर्नवास नगरपालिकाका ४ जना र बेदकोटका ७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै बैतडीको सुर्नयाका १ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !