२२ बैशाख २०८१, शनिबार

चितवनका ३२ जनासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असोज २६ । चितवन जिल्लामा थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३२ जनासहित थप ३४ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

कोरोना संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका २७ जनामध्ये १९ जना पुरुषहरु र ८ जना महिलाहरु रहेका छन् । यसैगरी रत्ननगर नगरपालिकाका २ जना, खैरहनीका १ जना, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सर्लाहीका १ जना र नवलपरासी पूर्वका १ जनामा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

चितवनका ४६ जनासहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !