९ जेष्ठ २०८१, बुधबार

चितवनका ४६ जनासहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असोज २६ । चितवन जिल्लामा थप ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४६ जनासहित थप ५५ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले एक बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएकी छिन् ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असोज २५ गते २३५ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ५५ वटा नमुनाको नतिजा पोजेटिभ र १८० वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि हुनेहरुमा चितवनका ४६ जना, तनहुँका १ जना, मकवानपुरका १ जना, सर्लाहीका १ जना र पर्साका ६ जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ३४ जनामध्ये ६ वर्षीय बालकदेखि ७१ वर्षीय वृद्ध रहेका छन् । संक्रमित हुनेमा १८ जना पुरुष र १६ जना महिला छन् । यसैगरी रत्ननगर नगरपालिकाका ५ जना महिला र १ जना पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै खैरहनी नगरपालिकाका ३ जना पुरुष र राप्ती नगरपालिकाका १ जना पुरुषमा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ । त्यस्तै कालिका नगरपालिकाकाका १ जना महिला र १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी पर्सा जिल्लाका २५ देखि ४९ वर्ष उमेर समूहका ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको नेशनल मेडिकल कलेजबाट स्वाब संकलन गरी परीक्षणका लागि चितवन ल्याईएको थियो । यस्तै तनहुँ, मकवानपुर र सर्लाहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !