५ जेष्ठ २०८१, शनिबार

गण्डकी प्रदेशमा थप १०२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४६०० पुग्यो (अपडेट)


पोखरा, असोज २३ । गण्डकी प्रदेशमा आज दिउसो थप १०२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४६०० जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो २:३० बजे,  १:४५ बजे र १२ बजे तीन पटक प्रेस बिज्ञप्ति जारी गर्दै २८ जना, ३९ जना र ३५ जना गरी १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

आज दिउसो २:३० बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २८ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका ११ जना, तनहुँका ११ जना र म्याग्दीका ६ जना रहेका छन् ।

आज दिउसो १:४५ बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३९ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका ३ जना, बाग्लुङका १ जना, गोरखाका १५ जना, तनहुँका ११ जना, कास्कीका ८ जना र म्याग्दीका १ जना रहेका छन् ।

आज दिउसो १२ बजे अध्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ३५ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीका २४ जना, लम्जुङका ३ जना र तनहुँका ५ जना रहेका छन् ।

ण्डकी प्रदेशमा कोरोना संक्रमित

गण्डकी प्रदेशमा कोरोना पुष्टि

गण्डकी प्रदेशमा कोरोना पुष्टि

गण्डकी प्रदेशमा कोरोना पुष्टि

यो पनि पढ्नुहोस्

गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४१० पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !