२२ बैशाख २०८१, शनिबार

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

काठमाडौँ, असोज २२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४३६४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८४७३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ११ लाख ३१ हजार ९५८ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २६६८४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ११७१७ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १४९६७ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४४६० जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज २५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका २०८५ जना, ललितपुर जिल्लाका ३२० जना र भक्तपुर जिल्लाका १३५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २६७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७१३४३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको पुष्टि भएको छ ।

प्रदेश तथा जिल्ला अनुसार आज थपिएका कोरोना संक्रमितहरुको विवरण

प्रदेश  १

प्रदेश १ को इलाममा १२, उदयपुरमा ३२, ओखलढुंगामा ४, खोटाङमा ४, झापामा ५५, ताप्लेजुङमा ६, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा २, भोजपुरमा ४, मोरङमा २४९, संखुवासभामा ३, सोलुखुम्बुमा २ र सुनसरीमा २१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश २

प्रदेश २ को धनुषामा २८, पर्सामा ११, बारामा १४, महोत्तरीमा ७, रौतहटमा १८, सप्तरीमा २५, सर्लाहीमा १४ र सिरहामा ४८ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेश

बागमती प्रदेशको काठमाडौंमा मात्रै २०८५ जना, काभ्रेपलान्चोकमा २९, चितवनमा ६९, दोलखामा १, धादिङमा ७१, नुवाकोटमा ३, भक्तपुरमा १३५, मकवानपुरमा १०५, रामेछापमा ५, ललितपुरमा ३२०, सिन्धुपाल्चोकमा १३ र सिन्धुलीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको कास्कीमा १९, गोरखामा ११, तनहुँमा १०, नवलपरासी पूर्वमा २८, पर्वतमा १, लमजुङमा ३, बागलुङमा १२ र स्याङजामा १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रदेश ५

प्रदेश ५ को अर्घाखाँचीका २७, कपिलवस्तुका ७, गुल्मीका १८, दाङका ५५, नवलपरासीका २१, पाल्पाका २१, प्युठानका १, बर्दियाका १०, बाँकेका ५७, रोल्पाका १ र रुपन्देहीका १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको कालिकोटमा ६, जुम्लामा ६, डोल्पामा ३, दैलेखमा ४, रुकुम पश्चिममा ५, सुर्खेतमा १०६, हुम्लामा ३ र सल्यानमा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अछाममा १०, कञ्चनपुरमा २१, कैलालीमा ७५, डडेल्धुरामा १, डोटीमा ७, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !