२२ बैशाख २०८१, शनिबार

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या ५९० पुग्यो


मृत्यु

काठमाडौँ, असोज २२ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको पुष्टि भएको छ । नेपालमा आजसम्म कोरोना संक्रमित हुनेहरुको मृत्यु हुने प्रतिशत ०.६० % रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । हिजो नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

बिगत २४ घण्टामा कोरोना संक्रमणवाट ४ जना महिला र ८ जना पुरुषहरुको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । कोरोना संक्रमणवाट मृत्यु हुने ४ जना महिलामा काठमाडौँकी १ जना, ललितपुरकी १ जना, भक्तपुरकी १ जना र सुर्खेतकी १ जना रहेकी छन् । कोरोना संक्रमणवाट मृत्यु हुने ८ जना पुरुषमा सुनसरीका १ जना, धनुषाका १ जना, काठमाडौँका २ जना, चितवनका ३ जना र कास्कीका १ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमणवाट उमेरका आधारमा मृत्यु हुने ४ जना महिलामा काठमाडौँकी ७९ वर्षीया, ललितपुरकी ७३ वर्षीया, भक्तपुरकी ८२ वर्षीया र सुर्खेतकी ८२ वर्षीया रहेका छन् । यस्तै मृत्यु हुने ८ जना पुरुषहरुमा सुनसरीका ३९ वर्षीय, धनुषाका ७० वर्षीय, काठमाडौँका ५८ र ९१ वर्षीय, चितवनका ८१, ८१ र ९३ वर्षीय र कास्कीका ८३ वर्षीय रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृतकको संख्या ५९० पुग्यो, थप १२ जनाको मृत्यु

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !