१९ बैशाख २०८१, बुधबार

नेपालमा संक्रमितको संख्या ९८ हजार नाघ्यो, आज एकैदिन थपिए नयाँ ४३६४ संक्रमित


प्रा. डा. जागेश्वर गौतम

काठमाडौँ, असोज २२ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४३६४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १८४७३ पीसीआर परीक्षण गरिएको छ भने आजसम्म ११ लाख ३१ हजार ९५८ पीसीआर परीक्षण गरिसकिएको छ । सक्रिय संक्रमितको संख्या २६६८४ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ११७१७ जनाको उपचार भइरहेको छ भने होम आइसोलेसनमा १४९६७ जना रहेका छन् । साथै हालसम्म क्वारेन्टाइनमा ४४६० जना रहेका छन् ।

काठमाडौं उपत्यकामा आज २५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका २०८५ जना, ललितपुर जिल्लाका ३२० जना र भक्तपुर जिल्लाका १३५ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २६७५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ७१३४३ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको पुष्टि भएको छ ।

आज नेपालमा कोभिड-१९ को अवस्था


यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ९४ हजार नाघ्यो, आज एकैदिन थपिए नयाँ ३४३९ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !